काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । बिहीबार (चैत १९) बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।
नियमित जाँचका निम्ति उनलाई अस्पताल भर्ना गरिएको सुरक्षा स्रोतले जनाएको छ । “बिहान ८ बजे भर्ना हुनुभएको हो,” सुरक्षा स्रोतले बाह्रखरीसित भन्यो, “पेसमेकर परिवर्तन गर्न उहाँ (पारस शाह) भर्ना हुनुभएको हो ।”
हाल शाहलाई निगरानीका निम्ति अस्पतालको २००० नम्बर बेडमा राखिएको स्रोतले जनाएको छ ।
“अब्जर्भेसनपछि भने ५०१ नम्बर बेड बुक गरिएको छ,” स्रोतले भन्यो, “उहाँको पेसमेकर डा. यादव भट्ट नेतृत्वको टिमले परिवर्तन गरेको हो ।”
