• Sunday 4th of October 2026

सागर लम्साल प्रकरणमा अभिनेत्री बर्देवा : अपराधको कुनै पेसा र क्षेत्र हुँदैन


  • धनकुटा खबर
  • .

काठमाडौँ । लोकप्रिय अभिनेत्री लक्ष्मी बर्देवाले कलाकारिता क्षेत्रभित्र हुने गलत कार्यका विरुद्ध मौन बस्न नहुने धारणा व्यक्त गरेकी हुन् ।

अभिनेता सागर लम्साल ‘बले’ विरुद्ध लागेको बलात्कारको गम्भीर आरोपका विषयमा सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो प्रतिक्रिया दिएकी हुन् ।

लक्ष्मी लेख्छिन्, ‘अपराधको कुनै पेसा , क्षेत्र हुँदैन । देखेर नदेखे जस्तो र सुनेर नसुने जस्तो गर्ने स्थितिबाट माथि उठ्न सके मात्रै मेरो पेसा भनेर खुसी हुने दिन आउँछ ।

पीडितको सुरक्षा गर्दै पिडकलाई कानुनी दायरामा ल्याइनु पर्छ। यथाशीघ्र छानबिन हुनेछ भन्नेमा विश्वस्त छु।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖