काठमाडौ । एमाले उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधि सभामा दिएको सम्बोधनलाई लिएर पार्टीले आकस्मिक बैठक बोलाएको छ।
रास्वपाको विजयबारे दिएको टिप्पणीमा नेताहरूले विरोध जनाएपछि बैठक बोलाइएको हो।
बादलले भनेका छन्, “मैले लिखित मन्तव्य पढेको मात्र हुँ, जे दिए त्यही बोलेँ, के बिराएँ ?” पार्टीभित्र लिखित मन्तव्य कसले तयार पारे भन्नेबारे खोजी भइरहेको छ ।
