• Friday 9th of October 2026

एमालेले ‘बादल’को विवादास्पद अभिव्यक्ति सच्यायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेले कार्यवाहक अध्यक्ष राम बहादुर थापा(बादल)ले संसद्‌मा दिएको अभिव्यक्ति सच्याएको छ ।

शुक्रबार थापाकै अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले अभिव्यक्ति सच्याएको हो।

राज्यका सबै सुरक्षा निकाय र अन्तर्राष्ट्रिय समुदायप्रति पार्टीको सम्बन्ध पूर्ववत् एवं मित्रवत् रहेको उपमहासचिव लेखराज भट्टले बताए ।

बादलले सम्बोधनका क्रममा नेपाली सेना, कर्मचारीतन्त्र, कार्की आयोग, टिओबी, बारबरा फाउन्डेसन, एनजीओ आदि संस्था तथा पात्रहरूको भूमिकाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व जित हासिल गरेको बताएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖