• Friday 9th of October 2026

उपसभामुखमा दाबी गर्दै हर्कको प्रश्न-‘७ भोट आउँछ कि १८९ भोट?


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत २१ । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको उपसभामुखमा दाबी गर्ने भएको छ ।

पार्टी अध्यक्ष हर्क साम्पाङले समाजिक सञ्जालमार्फत आफ्नो पार्टीले उपसभामुखमा महिला सांसदलाई उम्मेदवार बनाउन लागेको बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाई दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ ।

हामी महिला उम्मेदवार खडा गर्दैछौँ । हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई! ७ भोट आउँछ कि १८९ ?

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖