काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले सरकारी कार्यालयहरूमा अनावश्यक खर्च घटाउन सर्कुलर जारी गरेको छ।
यसअनुसार प्रत्येक कोठामा प्रधानमन्त्रीको फोटो झु’ण्ड्याउने परम्परा रोक्न, आवश्यक र औचित्य अनुसार मात्र फोटो राख्न भनिएको छ।
डिप्लोमेटिक मिसन बाहेकका कार्यालयहरूमा चाहिने स्थानभन्दा पनि कोठा-कोठामा फोटो राख्ने र यसरी खर्च गर्ने परिपाटीलाई रोक्न सर्कुलर जारि गरेको हो।
सरकारी खर्चलाई व्यवस्थित र मितव्ययी बनाउन विभिन्न तहमा पहल भइरहेका बेला प्रधानमन्त्री सचिवालयको यो निर्देशन खर्च कटौतीतर्फको कदमका रूपमा हेरिएको छ ।
कार्यालयहरूमा परम्परागत रूपमा अपनाइँदै आएको फोटो झुण्ड्याउने अभ्यासले अनावश्यक खर्च बढाएको भन्दै यस्तो सर्कुलर गरिएको जनाइएको छ ।
