• Sunday 4th of October 2026

‘बले’ लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ चैत । बलात्कारको आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल ‘बले’ लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

आज (आइतबार) सरकारी वकिलको कार्यालयमा बयानको लागि बलेलाई उपस्थित गराइएको थियो ।

त्यसपछि उनलाई अदालतमा म्यादका लागि उपस्थित गराइएकोमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो ।

बलेलाई अमेरिकाबाट एकजना युवतीले लेखेको फेसबुक स्टाटसको आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖