• Friday 9th of October 2026

अब नयाँ सवारीचालक अनुमतिपत्र छापेर २४ घण्टाभित्रै उपलब्ध गराउने


  • धनकुटा खबर
  • .

काठमाडौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल्सिना ले अब नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छापेर २४ घण्टाभित्रै उपलब्ध गराउने प्रतिबद्धता सार्वजनिक गरेका छन्।

सोमबार मन्त्रालयको फेसबुक पेजमार्फत मन्त्री तिमिल्सिनाले बताएका छन् कि सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागबाट प्राप्त डाटा अनुसार छपाइ प्रक्रिया तुरुन्त सुरु गर्नेछ र २४ घण्टाभित्रै लाइसेन्स वितरण सुनिश्चित गरिनेछ।

हाल करिब २९ लाख अनुमतिपत्र छपाइ गर्न बाँकी रहेको र ती सबै आगामी असार मसान्तसम्म विभागलाई उपलब्ध गराइने पनि मन्त्रीले जानकारी दिएका छन्। यस योजनाले लामो समयदेखि रहेका ढिलाइ र अव्यवस्था कम गर्ने अपेक्षा गरिएको छ।

नयाँ प्रणाली लागू भएपछि सवारीचालक अनुमतिपत्र प्राप्त गर्न अब लामो पर्खाइको अन्त्य हुने, सेवाग्राहीलाई छिटो र पारदर्शी सेवा उपलब्ध हुने मन्त्रीको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖