• Friday 9th of October 2026

के रास्वपाले श्रममन्त्री शाहलाई पदबाट हटाउन लागेको हो?


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार शाहलाई सरकारबाट फिर्ता बोलाउने तयारी थालेको छ ।

महोत्तरी–२ बाट निर्वाचित शाह पछिल्लो समय विभिन्न विवादमा मुछिएपछि रास्वपाले उनलाई मन्त्री पदबाट फिर्ता बोलाउने तयारी गरिरहेको बुभिएको छ । रास्वपा स्रोतका अनुसार हाल पार्टीको अनुशासन समितिले मन्त्री शाहमाथि छानबिन गरिरहेको र पार्टीको ‘राइट टु रिकल’ नीति अनुसार उनलाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

श्रममन्त्री शाहकी पत्नी जुनु श्रेष्ठलाई बीमा बोर्डको सदस्यमा पुनः फर्काएपछि उनी विवादमा परेका छन्। २०८० मंसिरमा तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले श्रेष्ठलाई बोर्ड सदस्यमा नियुक्त गरेका थिए। तर, बैठकमा लगातार अनुपस्थित भएपछि बोर्डले उनलाई निलम्बनका लागि पत्र पठाएको थियो।

पछि शाह मन्त्री नियुक्त भएपछि श्रेष्ठ पुनः बोर्डमा फर्किएको विषयले आलोचना बढेपछि रास्वपाले कारबाहीको संकेत देखाएको स्रोतको दाबी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖