• Friday 9th of October 2026

उपसभामुखमा कांग्रेस–एमालेले श्रम संस्कृतिलाई सघाउने, नेकपा छलफलमै


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुखमा उम्मेदवारी नदिएर श्रम संस्कृति पार्टीका उम्मेदवारलाई सघाउने भएका छन् ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले भने कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन । नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले कांग्रेस एमालेले उपसभामुखमा उम्मेदवारी नदिने भन्दै श्रम संस्कृतिलाई सघाउने गरी छलफल भएको बताए । उनले नेकपाले भने कुनै निर्णय गरिनसकेको बताएको छ ।

श्रम संस्कृति पार्टीले उपसभामुखका लागि उम्मेदवारी फाराम लगिसकेको छ । उपसभामुखको उम्मेदवारी दर्ता आजै २ बजेसम्मको समय तोकिएको छ । निर्वाचन भने भोलि हुनेछ ।

संसदमा सबैभन्दा धेरै सांसद सङ्ख्या रहेको रास्वपा भएकाले उसले जसलाई समर्थन गर्छ उसैको उम्मेदवार निर्वाचित हुनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖