• Friday 9th of October 2026

मेरो रिहाइका लागि प्रदर्शन गर्दा घाइतेहरूको उपचार राज्यले नगरे पार्टीले गर्छ : केपी ओली


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू हिरासतमा हुँदा रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएकामाथि राज्यले दमन गरेको आरोप लगाएका छन् ।

१३ दिनपछि रिहा भएका ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो रिहाइको लागि प्रदर्शनमा उत्रिँदा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्दै यस्तो बताएका हुन् ।

उनले घाइतेहरुको उपचार सरकारले गर्नुपर्ने र राज्यले नगरे नेकपा एमालेले गर्ने पनि बताएका छन् ।

‘मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ उनले भनेका छन्, ‘उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖