• Friday 9th of October 2026

नियुक्त गरेको १३ दिनमै श्रममन्त्री साहलाई किन हटाउने तयारीमा जुटे प्रधानमन्त्री ?


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रममन्त्री दीपककुमार साहलाई हटाउने तयारी गरेका छन् । मन्त्री नियुक्त भएका साहलाई १३ दिनमै प्रधानमन्त्रीले हटाउने तयारी गरेका हुन् ।

विवादित छवि भएका मन्त्री साहलाई पर्याप्त सूचनाविना नियुक्त गर्न पुगेकाले हटाउने तयारीमा लागेको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ । सूचना तथा जनसम्पर्कका लागि राखेको टिमलाई भने प्रधानमन्त्री शाहको टिमले यसबारे कुनै जानकारी दिएको छैन ।

“उहाँ पहिला पनि एमबीबीएसमा नाम निकाल्दिने भनेर पैसा उठाएको अभियोगमा पक्राउ पुर्जी जारी भएको व्यक्ति हुनु हुँदो रहेछ,” प्रधानमन्त्रीनिकट स्रोतले बाह्रखरीसँग भन्यो, “मन्त्री भएपछि पनि स्वास्थ्य सचिवमार्फत ११ पटक बैठकमा अनुपस्थित भएर बिमा बोर्डको सदस्यता निष्क्रिय भएको श्रीमती जुनु श्रेष्ठको सदस्यता एक्टिभ गराउने निर्णयमा स्वास्थ्य सचिवलाई प्रभावित पारेको भन्ने रिपोर्टिङ भएको रहेछ ।”

स्वास्थ्य सचिव विकास देवकोटाले महिलाको सदस्यता ‘एक्टिभ’ गरिदिँदा राम्रै हुन्छ भनेपछि स्वास्थ्यमन्त्री निशा मेहताले अघि बढाएकी थिइन् । उक्त विषय सार्वजनिक भएसँगै विवाद बाहिर आएको स्वास्थ्यमन्त्रीनिकट स्रोत बताउँछ ।

“विवाद बाहिर आएसँगै स्वास्थ्यमन्त्री मेहताले आफ्नो निर्णय सच्याइसक्नुभएको छ,” स्वास्थ्यमन्त्रीनिकट स्रोतले भन्यो, “विवादमा तानिने निर्णय कसरी हुनपुग्यो भन्ने पनि मन्त्रीज्यूले प्रधानमन्त्रीसमक्ष ब्रिफिङ गरिसक्नुभएको छ ।”

स्रोतका अनुसार, प्रधानमन्त्री शाहले भने कर्मचारी वा अरू कसैबाट प्रभावित हुने छुट मन्त्रीहरूलाई नहुने भन्दै गल्ती गरेर आफूसमक्ष आउने अभ्यास नगर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖