• Friday 9th of October 2026

श्रम मन्त्रीलाई पदमुक्त गरेपछि पूर्वअर्थमन्त्री खनालले गरे रास्वपाको प्रशंसा


  • धनकुटा खबर
  • .

काठमाडौँ । पूर्वअर्थमन्त्री रामेश्वर खनालले प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेकोमा प्रशंसा गरेका छन् । प्रधानमन्त्री शाहले श्रम मन्त्री साहलाई मन्त्री पदबाट हटाउने गरेको निर्णय स्वागत योग्य भएको बताएका हुन् ।

पूर्व अर्थमन्त्री खनालले सामाजिक सञ्जालमा स्टाटस लेख्दै रास्वपा र प्रधानमन्त्रीको प्रशंसा गरेका हुन् । उनले भनेका छन्, ‘दण्डहीनता विरुद्धको दृढ अडानले एक परिपक्व हुँदै गरेको शासन पद्धतिको चरित्रलाई प्रतिबिम्बित गर्दछ, जहाँ जबाफदेहिता छनोटपूर्ण नभई एक सैद्धान्तिक र अटल प्रतिबद्धताको रूपमा रहन्छ ।’

रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रम मन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए ।

मन्त्री साहको यस्तो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुग्ने देखिएको निष्कर्षसहित रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष आयोगको प्रतिवेदनसहित सिफारिस पेस गरेका थिए । सोही सिफारिस र आधारमा प्रधानमन्त्री शाहले श्रम मन्त्री साहलाई पदमुक्त गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖