• Thursday 8th of October 2026

दसैँअघि हजार टन चिनी बजारमा पठाइने, व्यापारीले ९७ रुपैयाँमा पाउने


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले बडादसैँअघि एक हजार मेट्रिकटन चिनी बजारमा पठाउने भएको छ । उद्योगीबाट खरिद गरी साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडमार्फत सो मात्रामा चिनी बजारमा पठाउन लागिएको हो ।

पहिलो चरणमा एक हजार मेट्रिकटन चिनी बजारमा पठाइने वाणज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताए । उनका अनुसार दसैँपछि उद्योगीले थप चिनी सरकारलाई उपलब्ध गराउनेछन् । महँगोमा किनेर सरकारले साल्ट ट्रेडिङमार्फत व्यापारीलाई प्रतिकिलो ९७ रुपैयाँमा चिनी उपलब्ध गराउने उनले बताए ।

अहिलेको चिनी ‘हाई क्वालिटी’को भएकाले सरकारले किन्दा महँगो पर्ने चिलुवालको भनाइ छ । “उद्योगहरूले पहिलो चरणमा हामीलाई एक हजार मेट्रिकटन चिनी दिने भएका छन् । उनीहरूले कति मूल्यमा दिने भन्ने अहिलेसम्म टुंगो लागेको छैन । तर, सरकारले महँगोमा किनेर भए पनि साल्ट ट्रेडिङमार्फत ९७ रुपैयाँमै उपलब्ध गराउँछौँ,” उनले भने, “साल्ट ट्रेडिङले ९७ रुपैयाँमा उपलब्ध गराए पनि बाहिर यो मूल्यभन्दा अलिकति बढी पर्न सक्छ ।”

अरू सामान्य समयमा देशभर दैनिक ५० हजार क्विन्टल चिनी माग हुने गरेको छ । चाडपर्वमा भने बढी माग हुने उनले बताए ।

उक्त चिनी साल्ट ट्रेडिङले खरिद गरेपछि बजारमा प्रतिपसल दुई बोराका दरले उपलब्ध गराउने व्यवस्था मिलाइने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖