• Friday 9th of October 2026

किन गरियो अर्थ मन्त्रालयको दक्षिण ढोका बन्द ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । अर्थ मन्त्रालयको दक्षिण ढोका बन्द भएको छ ।

अर्थ मन्त्रालयको पार्किङ एरियाबाट प्रवेश गर्न मिल्ने बाटो बन्द गरिएको हो ।

मन्त्रालयले नयाँ आर्थिक वर्षका लागि बजेट छलफल कार्यक्रम चलिरहेको भन्दै सो बाटो बन्द गरेको सूचना टाँस गरेको छ । अहिलेसम्म सिंहदरबार छिर्ने जोकोहीलाई पनि अर्थ मन्त्रालयको कुनै कार्यकक्षसम्म पुग्न कुनै सोधिखोजी हुँदैन । तर, बजेट लेखनको समयमा भने कडाइ गर्ने गरिएको छ ।

खासगरी बजेट आउनभन्दा पछिल्लो दुई साता अघिदेखि यस्तो गर्ने गरिन्थ्यो । अहिले भने डेढ महिना समय बाँकी हुँदै र प्रारम्भिक चरणदेखि नै उक्त ढोका बन्द गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖