• Friday 9th of October 2026

मध्यरातमा प्रहरी शिक्षालयको निरिक्षणमा गृहमन्त्री गुरुङ


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत २९ । गृहमन्त्री सुधन गुरुङले मध्यरातमा चितवनको भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयको निरिक्षण गरेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मी, नेपाल प्रहरी शिक्षालयकी समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तारादेवी थापा तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) एकनारायण कोइरालालगायतका उच्च अधिकारीले गृहमन्त्री गुरुङलाई शिक्षालयका स्वागत गरेका छन् ।

मध्यरातमा भरतपुर पुगेका मन्त्री गुरुङले शिक्षालयको वस्तुस्थितिबारे जानकारी लिनुका साथै उपस्थित प्रहरी अधिकृतसँग संक्षिप्त कुराकानी गरेका छन् । त्यसअघि उनले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय, चितवनको कुरिनटारमा अवलोकन गरेका थिए।

निरीक्षणका क्रममा उनले विपद् उद्धार कार्यलाई प्रभावकारी बनाउन कम्तीमा पाँच किलोमिटरको दूरीमा हेलिप्याड स्टेसन स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖