• Wednesday 7th of October 2026

दशैंको मुखैमा जीप दुर्घटना हुँदा १ जनाको गयो ज्यान


  • धनकुटा खबर
  • .

धादिङ – धादिङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आज आइतवार धादिङबेसीबाट ताजिम्राङका लागि छुटेको जीप सातदोबाटोमा दुर्घटना हुँदा गंगाजमुना गाउँपालिका–२ का १६ वर्षका अनुरुप तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेहरूकाे स्थानीय गुम्दी स्वास्थ्य चाैकीमा सातदाेबाटाेमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयाे ।

मे १ ज ख २६६९ नम्बरको जीप आज दिउँसाे ग्रामीण कच्ची सडकमा पल्टिएर दुर्घटना भएकाे हाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖