काठमाडौं । नेपाल प्रहरीका एआईजी सुशील सिंह राठौरकी छोरी पालक सिंह राठौर सशस्त्र प्रहरी बल (एपीएफ) को इन्स्पेक्टर बन्न सफल भएकी छिन्।
पालकले कठिन तालिम पूरा गरी दिक्षित भएपछि आयोजित समारोहमा बाबु एआईजी राठौर स्वयं उपस्थित रहे।
उनले सामाजिक सञ्जालमार्फत छोरीलाई बधाई दिँदै “तिम्रो कडा मिहिनेतले गर्व गर्न लायक बनाएको छ, सधैं इमान्दारी र निष्ठाका साथ राष्ट्र र जनताको सेवामा समर्पित रहनु” भनेका छन्।
बाबु एआईजी र छोरी इन्स्पेक्टर बनेको यो संयोगले प्रहरी सेवामा प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ। साथै प्रहरी संगठनको गरिमापनि बढेको छ ।
