• Sunday 29th of November 2026

सिंहदरबारबाट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका दुई शाखा अधिकृतले दिए राजीनामा


  • धनकुटा खबर
  • .

काठमाडौ । सिंहदरबारबाट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका दुई शाखा अधिकृतले राजीनामा दिएका छन्। दार्चुलाको व्यास गाउँपालिकामा खटाइएका हरि पौडेल र नुवाकोटको तारकेश्वर गाउँपालिकामा सरुवा गरिएका शेखरनिधि पौड्यालले जिम्मेवारी नलिँदै राजीनामा दिएका हुन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट व्यास गाउँपालिकामा सरुवा भएका हरि पौडेलले सवारीसाधनसहित प्राप्त गरेका सामग्रीको बरबुझारथ पूरा गरी राजीनामा दिएका हुन्। उनी व्यास गाउँपालिका नगई सेवा त्याग गर्ने निर्णयमा पुगेका हुन्।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तारकेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएका शेखरनिधि पौड्यालले पनि राजीनामा दिएका छन्। मन्त्रालय स्रोतका अनुसार उनीले राजीनामा बुझाइसकेका छन्। उपत्यकासँग जोडिएको क्षेत्रमा सरुवा भए पनि उनले पद सम्हाल्ने निर्णय नगरेको बताइएको छ।

मन्त्रालयको चैत २९ गतेको निर्णय अनुसार दुबै अधिकृतलाई स्थानीय तहमा खटाइएको थियो। तर स्वास्थ्य र पारिवारिक कारण देखाउँदै उनीहरूले जिम्मेवारी अस्वीकार गरेको जनाइएको छ। यस घटनापछि सरुवा प्रक्रिया र कर्मचारी व्यवस्थापन शैलीमाथि प्रश्न उठ्न थालेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖