• Thursday 8th of October 2026

राजा महेन्द्रको योगदानको कदर गर्दै पूर्वपश्चिम राजमार्गलाई ‘महेन्द्र राजमार्ग’ पहिचान दिने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपालमा प्रजातन्त्र स्थापनापछि पूर्व-पश्चिम राजमार्गका रुपमा चित्रण गरिएको मेची महाकाली जोड्ने राजमार्गलाई सरकारले महेन्द्र राजमार्गको पहिचान दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आज सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रमा पूर्वाधार विकाससँग सम्बन्धित प्रस्तावमा ‘महेन्द्र राजमार्ग’ शब्दको प्रयोग भएको छ ।

राजा महेन्द्र वीरविक्रम शाह को पहलमा निर्माण गरिएको उक्त राजमार्गलाई प्रजातन्त्र स्थापना पश्चात ‘पूर्व–पश्चिम राजमार्ग’ भनिँदै आएको छ। यद्यपि, नाम परिवर्तनसम्बन्धी औपचारिक निर्णय कुनै पनि सरकारले गरेको पाइँदैन। सरकारी कागजातहरूमा ‘पूर्व–पश्चिम राजमार्ग’ उल्लेख गरिए पनि जनस्तरमा ‘महेन्द्र राजमार्ग’ नाम अझै लोकप्रिय छ। वर्तमान सरकारले पनि राजा महेन्द्रको योगदानलाई स्वीकार गर्दै सोही नामलाई पुनः मान्यता दिएको देखिन्छ।

प्रतिबद्धतापत्रमा यस राजमार्गलाई तीन वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको हाइवेमा स्तरोन्नति गर्ने लक्ष्य उल्लेख गरिएको छ। साथै सिद्धार्थ राजमार्ग र अन्नपूर्ण राजमार्ग जस्ता अन्य प्रमुख सडकहरूलाई समेत स्तरोन्नति गर्ने योजना अघि सारिएको छ।

हाल ‘पूर्व–पश्चिम राजमार्ग’का रूपमा परिचित महेन्द्र राजमार्ग नेपालको सबैभन्दा लामो राष्ट्रिय राजमार्ग हो, जसको कुल लम्बाइ १,०२७.६७ किलोमिटर रहेको छ। तराई क्षेत्र हुँदै फैलिएको यो मार्ग पूर्वमा काँकडभिट्टा (मेचीनगर) देखि पश्चिममा भीमदत्त नगर (महेन्द्रनगर/गड्डाचौकी) सम्म विस्तारित छ।

यसले २० भन्दा बढी जिल्लालाई समेटेको छ भने पर्साबाहेक तराईका अधिकांश जिल्लाहरू यसमार्गसँग जोडिएका छन्। राजमार्ग निर्माणको काम राजा महेन्द्रकै शासनकालमा सुरु भएको हो। वि.सं. २०१९ बैशाख १ गते नवलपरासीको गैडाकोट मा यसको शिलान्यास गरिएको थियो।

भारतबाट अपेक्षित सहयोग नपाएपछि तत्कालीन सरकारले सोभियत संघलगायत अन्य मुलुकहरूको सहयोगमा निर्माण कार्य अघि बढाएको थियो। विभिन्न चरणमा सम्पन्न भएको यो राजमार्ग आज पनि देशको यातायात र आर्थिक गतिविधिको प्रमुख आधारका रूपमा स्थापित छ।-नागरिक न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖