• Thursday 8th of October 2026

महेन्द्र हाइवेभन्दा पनि यलम्बर हाइवे राख्न पाए राम्रो हुन्थ्यो– हर्क साम्पाङ


  • धनकुटा खबर
  • .

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्व–पश्चिम लोकमार्गको नाम महेन्द्र राजमार्गभन्दा पनि यलम्बर राजमार्ग राख्नुपर्ने भन्दै टिप्पणी गरेका छन्।

सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रमा महेन्द्र राजमार्गलाई तीन वर्षभित्र अन्तर्राष्ट्रिय हाइवेको मापदण्डमा स्तरोन्नति गरिसक्ने लक्ष्य राखिएको छ।

यसैलाई आधार बनाएर सामाजिक सञ्जालमा पूर्वपश्चिम लोकमार्गलाई महेन्द्र राजमार्गकै रूपमा ब्युँताउन लागिएको चर्चा सुरू भएको छ।
यसप्रति हर्कले टिप्पणी गरेका हुन्।

‘महेन्द्र हाइवेभन्दा पनि यलम्बर हाइवे राख्न पाए राम्रो हुन्थ्यो!,’ उनले लेखेका छन्।

२०१८ सालमा निर्माण सुरू भएको महेन्द्र राजमार्ग तत्कालीन राजा महेन्द्रले शिलान्यास गरेका थिए। उनैको नामबाट राखिएको यस राजमार्गको नाम देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै परिवर्तन गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖