• Thursday 8th of October 2026

दीपक खड्कालाई ठुलो झड्का


  • धनकुटा खबर
  • .

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न आदेश दिएको छ।

उनकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले हालकै अवस्थामा थुनामा राख्न आदेश दिएको हो।

रिटमाथि आज वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, शम्भु थापा, उपेन्द्रकेशरी न्यौपाने, सतिष्कृष्ण खरेल तथा अधिवक्ता प्रकाश रेग्मीले बहस गरेका थिए। त्यस्तै, सञ्जिवराज रेग्मी र दशरथ पंगेनीले पनि सरकारी पक्षबाट बहस गरेका थिए।

अदालतले मुद्दाको अर्को पेसी ९ वैशाखका लागि तोक्दै निवेदकलाई हालकै अवस्थामा राख्न विपक्षीका नाममा आदेश जारी गरेको छ। खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖