• Thursday 8th of October 2026

राप्रपाका दुई नेतामाथि कारबाहीको डन्डा, सोधियो ७२ घन्टे स्पष्टीकरण


  • धनकुटा खबर
  • .

काठमाडौँ । पार्टीको आन्तरिक अनुशासन र मर्यादा उल्लंघन गरेको आरोपमा राप्रपाका दुई नेतालाई कारबाही प्रक्रिया अघि बढाइएको छ। पार्टी अनुशासन समितिको बुधबार बसेको बैठकले केन्द्रीय सदस्य नानिमैयाँ आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चाहना अधिकारी (चम्पा) लाई ७२ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

समितिका सदस्य भक्ति सिटौलाका अनुसार उनीहरुको पार्टीको आन्तरिक विषयलाई सार्वजनिक रूपमा उछिनेको र अनुशासनको दायरा नाघेको आरोप छ। विशेषगरी, चुनावका बेला पार्टीको निर्णय विपरीत अभिव्यक्ति दिने तथा सामाजिक सञ्जालमा मर्यादाविपरीत टिप्पणी गर्ने कार्यलाई अनुशासनको गम्भीर उल्लंघन मानिएको छ।

पार्टीको अनुसन्धान तथा अनुशासन समितिले ती दुई नेताले पार्टीको प्रतिष्ठामा आँच आउने गरी गतिविधि गरेको ठहर गर्दै उनीहरूलाई ७२ घण्टाभित्र चित्तबुझ्दो जवाफसहित उपस्थित हुन निर्देशन दिएको हो ।

यदि स्पष्टीकरण चित्तबुझ्दो नभएमा उनीहरूलाई पार्टीबाट निलम्बन वा निष्कासनसम्मको कारबाही हुन सक्ने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖