काठमाडौँ । कांग्रेस नेता विमलेन्द्र निधिले सर्वोच्च अदालतले कांग्रेस विवादसम्बन्धी रिटमा दिएको फैसलालाई आफूले स्वीकार नगर्ने बताएका छन् ।
उनले भने– ‘म हिजो पनि विशेष महाधिवेशनको पक्षमा थिइन, र आज पनि विशेष महाधिवेशनको पक्षमा छैन । मेरो कुरा स्पष्ट छ ।’
उनले विशेष महाधिवेशनबाट स्वयं घोषित सभापति र कार्यसमितिलाई नमान्ने बताए ।
निधिले कांग्रेस सभापति गगनकुमार थापाको हस्ताक्षरमा गत फागुन २१ को निर्वाचनमा निधि धनुषा– ३ बाट उम्मेदवार भएका थिए ।
