• Sunday 4th of October 2026

रणवीर सिंह–दिपिका पादुकोण दोस्रो पटक आमा बाबु बन्दै


  • धनकुटा खबर
  • .

काठमाडौं, ६ बैशाख । बलिउड अभिनेत्री दीपिका पादुकोणले आइतबार आफ्नो दोस्रो गर्भावस्थाको घोषणा गरेकी छिन्। 

दीपिका र रणवीरको इन्स्टाग्राम ह्यान्डलमा छोरी दुआले गर्भावस्था परीक्षण किट बोकेको तस्बिर सेयर गरिएको छ, जसले सकारात्मक नतिजा देखाएको छ।

 

तस्बिरमा रणवीरले आफ्नी छोरीलाई काखमा लिएका छन्, यद्यपि उनको अनुहार भने देखिँदैन र तस्बिरमा छोरी दुआको अनुहार पनि आधा देखिन्छ।

 

यसपछि दीपिका र रणवीरको पोस्टमा धेरै सेलिब्रेटीहरूले प्रतिक्रिया दिएका । अभिनेत्री निम्रत कौरले लेखेकी छिन्, ‘बधाई छ, तपाईंहरू दुवै खुशी हुुनुहोस ।’

 

दीपिका र रणवीरले गत ८ सेप्टेम्बर २०२४ मा आफ्नी छोरी दुआको जन्मिएको घोषणा गरेका थिए । त्यतिबेला उनीहरूले लेखेका थिए, ‘स्वागत छोरी।’

 

दीपिकाको गर्भवती भएको घोषणा यसअघि फेब्रुअरी २०२४ मा गरिएको थियो। दीपिका र रणवीरले धेरै वर्षसम्म सम्बन्धमा रहे पछि २०१८ मा इटालीमा विवाह गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖