• Thursday 8th of October 2026

बालेनको वर्क स्टाइल:सिंहदरबार छिरेपछि निस्किंदैनन्,१५-२० घण्टा काम गर्ने प्रधानमन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रधानमन्त्री बालेन शाहको दैनिक कार्यतालिका सार्वजनिक भएसँगै उनको काम गर्ने शैली चर्चामा आएको छ।

उनी बिहान ९ बज्नुभन्दा केही समय अगावै सिंहदरबार पुग्ने र दिनको सुरुवात मुख्य सचिवसँगको ब्रिफिङबाट गर्ने गरेका छन्। त्यसपछि आवश्यकताअनुसार विभिन्न बैठकहरू सञ्चालन गर्दै देशका विभिन्न क्षेत्रका विषयमा छलफल गर्ने गरेका छन्।

कार्यालय समयमा उनी अध्ययन, अनुसन्धान र सरोकारवाला निकायसँग प्रत्यक्ष संवादमा केन्द्रित रहने गरेका छन्। प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, सांसद तथा कूटनीतिक प्रतिनिधिहरूसँग भेटघाट गरी समस्या बुझ्ने र समाधान खोज्ने उनको प्राथमिकता रहने गरेको छ। उनी कम बोल्ने र बढी सुन्ने शैली अपनाउँदै बैठकका महत्त्वपूर्ण बुँदाहरू रेकर्ड गर्न निर्देशन दिने गरेका छन्।

प्रधानमन्त्री शाह बिहानदेखि बेलुका ६–७ बजेसम्म सिंहदरबारमै व्यस्त रहने र कार्यालयकै खाजा–नास्तामा निर्भर रहने गरेका छन्। कामको चाप अत्यधिक भएकाले उनी र उनको सचिवालय दैनिक १५ देखि २० घण्टासम्म खटिने गरेका छन्। बालुवाटारमा रहँदा पनि उनी देशका समस्या समाधानमै केन्द्रित रहने र उनकी पत्नी सबिना काफ्लेले समेत सहयोग गर्ने बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖