काठमाडौ । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिन लागेको भन्ने बजारमा चलेको चर्चालाई उनको सचिवालयले पूर्णतः खण्डन गरेको छ।
केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गृहमन्त्रीको राजीनामाबारे आएका समाचारहरूमा कुनै सत्यता नभएको सचिवालय श्रोतले जनाएको छ।
मन्त्री गुरुङ र भट्टबीच व्यावसायिक सम्बन्ध रहेको खबर बाहिरिएपछि नैतिकताको प्रश्न उठाउँदै राजीनामाको हल्ला फैलिएको थियो। तर, सचिवालयले यी सबै दाबीलाई निराधार र भ्रामक भन्दै गृहमन्त्री नियमित काममै व्यस्त रहेको स्पष्ट पारेको छ।
“बजारमा फैलाइएको राजीनामाको हल्ला निराधार र भ्रामक छ। गृहमन्त्रीज्यू आफ्नो जिम्मेवारीमा अडिग हुनुहुन्छ र मन्त्रालयको काममा सक्रियताका साथ लागिरहनुभएको छ,” सचिवालयका एक सदस्यले जानकारी दिए।
