• Thursday 8th of October 2026

सुरक्षा प्रमुख डाकेर प्रधानमन्त्रीले भने- ‘शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गर्ने सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

आजबाट गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीले साँझ सबै सुरक्षा निकायका प्रमुखहरूलाईसँग भेटमा यस्तो निर्देशन दिएका हुन् ।

बस्ती हटाउने कामको सुरुवात काठमाडौं उपत्यकाबाट गर्न भनिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

बालेन महानगरको मेयर भएरका बेला पनि काठमाडौंका सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए । त्यसबेलमा सुकुम्बासीहरूले गरेको प्रतिवादका कारण सफल भएको थिएन ।

अहिले उनी प्रधानमन्त्री भएर आएपछि फेरि अतिक्रमित गरेर बसेका बस्तीहरू हटाउन सुरक्षा निकायलाई नै निर्देशन दिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖