• Thursday 8th of October 2026

प्रधानमन्त्रीले सुरक्षा प्रमुखलाई निर्देशन दिएलगत्तै काठमाडौँ महानगरमा छलफल


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको खबर बाहिरिएपछि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले छलफल थालेकी छन् । थापाथली क्षेत्रमा पर्ने ११ नम्बर वडाका वडाध्यक्षसहित ६ नम्बर वडाध्यक्ष, १७ नम्बर वडाध्यक्ष, ३२ नम्बर वडाध्यक्ष सहित महानगर प्रहरी प्रमुख विष्णु जोशी छलफलमा रहेका छन् ।

त्यसअघि काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी इश्वराज पौडेलले महानगरको टोलीसँग छलफल गरेर समन्वय गर्न आग्रह गरेका थिए । ‘प्रधानमन्त्री कार्यालयबाट अहिलेसम्म केहि जानकारी आएको छैन, सीडीओसाब सँग छलफल भइसकेको छ । अब महानगरले सङ्घीय सरकारले तयारी गरेको काममा सहजीकरण र समन्वय गर्छ । त्यसैको लागि अहिले छलफल भइरहेको छ,’ छलफलमा सहभागी एक वडाध्यक्षले भने ।

महानगर स्रोतका अनुसार सीडीओ पौडेलले थापाथली बस्तीका बासिन्दालाई डोजर चल्नु अगाडि नै हटाउनुपर्ने र उनीहरूका सामान सुरक्षित राखिदिन नगर प्रहरीको सहयोग चाहिने बताएका थिए । सोही अनुसार बासिन्दाहरूलाई होटल तथा लजमा अस्थायी बसोबासको व्यवस्था गरिदिने समेत तयारी गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖