• Thursday 8th of October 2026

सांसद रञ्जित कर्णले दिए साइबर ब्युरोमा उजुरी


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रञ्जित कर्णले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।

आफूविरुद्ध प्रकाशित भ्रामक र असत्य समाचारप्रति आपत्ति जनाउँदै सांसद कर्णले साइबर ब्युरोमा उजुरी दिएका हुन्।

सामाजिक सञ्जालमा आफूले नबोलेका कुरा तोडमोड गरी प्रस्तुत गरिएको भन्दै आफूले उजुरी दिएको कर्णले बताए । उजुरी दिएपछि सांसद कर्णले कांग्रेस प्रेस स्वतन्त्रतामा विश्वास गर्ने पार्टी भएको र आफू पनि त्यसप्रति प्रतिबद्ध रहेको बताए । तर गलत सूचना फैलाएर व्यक्तिको चरित्र हत्या गर्नु प्रेस स्वतन्त्रता नभएको उनको भनाइ थियो। ‘प्रेस स्वतन्त्रता भनेको जिम्मेवारीसहितको स्वतन्त्रता हो,’ कर्णले भने ।

कर्णले प्रधानमन्त्रीसँग सोधेको प्रश्नलाई पनि तोडमोड गरेर आफू विरुद्ध भ्रम फैलाइएको बताए । आफूले समान कानुनी मापदण्डबारे प्रश्न उठाएको स्पष्ट पार्दै कर्णले ‘बालुवाटार जलाउने धम्की’ दिएको भन्ने आरोप असत्य भएको बताए । यदि त्यस्तो प्रमाण भए कानुनी कारबाही भोग्न तयार रहेको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖