एजेन्सी । हरियाणवी मनोरञ्जन उद्योगबाट एउटा दुखद खबर बाहिरिएको छ। चर्चित कन्टेन्ट क्रिएटर तथा अभिनेत्री दिव्यांका सिरोहीको ३० वर्षको अल्पायुमै निधन भएको छ। मंगलबार उनले अन्तिम सास लिएकी हुन्।
दिव्यांकाकी दिदी आरतीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उक्त दुखद खबर सार्वजनिक गरेकी छिन्। उनले लेखेकी छिन्, “अत्यन्तै दुखका साथ जानकारी गराउन चाहन्छु कि मेरी बहिनी दिव्यांकाको अप्रिल २१ मा निधन भएको छ। भगवानले उनको आत्मालाई शान्ति दिउन्।”
प्राप्त जानकारी अनुसार, गाजियाबादको राजनगर एक्सटेन्सनस्थित आफ्नै निवासमा दिव्यांकाको स्वास्थ्य अचानक बिग्रिएको थियो। उनी रिंगटा लागेर भुइँमा ढलेकी थिइन्।
परिवारका अनुसार मंगलबार उनी सामान्य अवस्थामा थिइन् र उनले भाइका लागि खाना समेत बनाएकी थिइन्। यद्यपि, उनले शरीर अलि बिसन्चो भएको बताएकी थिइन्।
