• Thursday 8th of October 2026

सीमामा १ सय रुपैयाँभन्दा बढीको सामानमा भन्सारबारे भारतीय विदेश मन्त्रालयले के भन्यो ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल–भारत सीमा क्षेत्रमा नेपाली अधिकारीहरूले सुरु गरेको कडा भन्सार जाँच र नयाँ नियमका कारण सिर्जित तनावप्रति भारतीय विदेश मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको छ।

भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने नियम कडाइका साथ लागू भएपछि सीमावर्ती क्षेत्रका बासिन्दा आक्रोशित छन्। यस विषयमा प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालले अनौपचारिक व्यापार र तस्करी नियन्त्रण गर्ने उद्देश्यले यो कदम चालेको बुझिएको बताए।

उनले भारतीय सामान बोकेर सीमा पार गर्ने यात्रुमाथि भन्सार लगाइएको रिपोर्टबारे भारत जानकार रहेको उल्लेख गर्दै घरायसी प्रयोजनका लागि सामान ल्याउने सर्वसाधारणलाई नरोकिएको भन्ने नेपाली अधिकारीको भनाइलाई पनि आफूहरूले नियालिरहेको स्पष्ट पारे।

यो नयाँ व्यवस्थाले विशेष गरी तराई क्षेत्रको जनजीवन प्रभावित पारेको छ। दैनिक उपभोग्य वस्तुका लागि भारतीय बजारमा निर्भर रहने सीमावर्ती नागरिकले यसको कडा विरोध गरिरहेका छन्। सीमा क्षेत्रका सांसदहरूले पनि सर्वसाधारणको समस्यालाई ध्यानमा राखेर यो प्रतिबन्ध खुकुलो बनाउन सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖