• Thursday 8th of October 2026

सुकुम्बासी मोर्चाका नेताहरू रास्वपा पार्टी कार्यालय घेर्न जाँदै


  • धनकुटा खबर
  • .

काठमाडौ । सुकुम्बासी मोर्चाका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय घेर्न जाने भएका छन्।

थापाथलीस्थित सुकुम्बासी बस्तीबाट केहीबेरमा रास्वपा केन्द्रीय कार्यालय चःमतितर्फ हिँड्न लागेको एक नेताले बताए।

‘वस्तीका मानिसहरूसहित जान लागेका छौं,’ ती नेताले भने।
सरकारले शनिबारदेखि काठमाडौंका सुकुम्बासी वस्ती खाली गर्न लागेको छ।

त्यसका लागि बिहीबार राति नै काठमाडौं महानगरले बस्तीमा माइकिङ गरेको थियो।

अटेरी गरेको अवस्थामा संयुक्त कारबाही गरी संरचनाहरू भत्काइने महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले बताएका छन्।

त्यसो गर्दा क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार आफै हुनुपर्ने पनि भनिएको छ।

‘यथाशीघ्र बस्ती छाडेर सार्वजनिक स्थान खाली गरिदिन भनेका छौं। २४ घण्टाभित्र छाड्न भनेका छौं,’ उनले भने, ‘वैशाख १२ गते बिहान ६ बजेदेखि घर टहराहरू हटाउने र अतिक्रमित जग्गाहरू खाली गराउने काम हुनेछ।’

बिहीबार माइकिङ भएपछि शुक्रबार बिहानदेखि सुकुम्बासीहरूले आन्दोलन थालेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖