• Friday 9th of October 2026

राप्रपाका केन्द्रीय सदस्य हमालले गरे पार्टी परित्याग


  • धनकुटा खबर
  • .

काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय सदस्य रविकिरण हमालले पार्टी छाडेका छन्।

उनले आज एक विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन्।

‘आज लोकतन्त्र दिवसको यस पावन एवं ऐतिहासिक अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य पदबाट औपचारिक राजीनामा दिँदै पार्टीबाट पूर्ण रूपमा अलगिएको घोषणा गर्दछु,’ उनले लेखेका छन्।

जेनजी आन्दोलनको स्वच्छता, साहस, निष्पक्षता र परिवर्तनकारी स्पिरिटलाई राजनीति तथा राजकाजको क्षेत्रमा पूर्ण रूपमा व्यवहारिक रूपमा लागू गर्नुपर्ने पनि उनले बताएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖