काठमाडौंँ । काठमाडौँ महानगरपालिकाको गैह्रीगाउँमा रहेको सुकुमबासी बस्ती भत्काउने डोजरको संख्या ८ पुगेको छ ।
थापाथलीमा सुरुमा चार वटा मात्रै डोजर प्रयोग गरे पनि गैह्रीगाउँमा ठुला र पक्की संरचना भएकाले डोजर थपिएको महानगर प्रहरीले जनाएको छ ।
‘आज सकेसम्म यहाँको सबै भत्काएर सकाउने भन्ने योजना हो, तर अलि बलियो घरहरू छन् । हामीले बागमतीको वारिपारि गैरीगाउँ र शान्तिनगर दुवैतर्फ डोजर चलाइरहेका छौँ,’ काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले भने ।
अहिलेसम्म सुकुमबासी बस्ती हटाउँदा तनाव भने उत्पन्न भएको छैन ।
