• Thursday 8th of October 2026

कांग्रेसको पूर्णबहादुर खड्का समूहको बैठक बस्दै,बैठकमा शेखर कोइराला समूह भने नजाने


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बैठक आज बस्दै छ ।

काठमाडौँको महाराजगन्ज स्थित स्मार्ट होटलमा चौधौँ महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यहरू पदाधिकारीहरू तथा जिल्ला सभापतिहरूको बैठक बस्न लागेको निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन्।

बैठकमा समूहको अबको रणनीतिबारे छलफल हुनेछ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि समूहको धारणा बनाउन खड्काले बैठक बोलाएका हुन्।

बैठकमा डाक्टर शेखर कोइराला समूह भने नजाने भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖