• Thursday 8th of October 2026

देउवा समूहको भेलामा शशाङ्क र सुजाता पनि सहभागी


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेलामा पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सुजाता कोइराला पनि सहभागी भएका छन् ।

महाराजगन्जस्थित स्मार्ट होटलमा सुरु भेलामा डा शशाङ्क र सुजाता पनि सहभागी भएका हुन् ।

डा शशाङ्क यसअघिका देउवा समूहका केही भेलाहरूमा उपस्थित हुने गरे पनि सुजाता भने हुने गरेकी थिइनन् ।

पूर्णबहादुर खड्काको संयोजनमा भएको भेलामा पूर्वउपसभापतिहरू विजयकुमार गच्छदार र विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, उमाकान्त चौधरीसहितका नेताहरू सहभागी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖