• Wednesday 7th of October 2026

“रास्वपाको कडा फिल्टर!” सहकारी पैसा खाएकाले टिकटै नपाउने, ‘नैतिकता टेस्ट’ अनिवार्य


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी ले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटमा कडा मापदण्ड लागू गर्ने घोषणा गरेको छ।

अब केवल लोकप्रियता होइन—इमान्दारी, नैतिकता र वित्तीय पारदर्शिता पास नगरे उम्मेदवारी नै नपाइने स्पष्ट सन्देश दिइएको छ।

पार्टीका अनुसार उम्मेदवार बन्न चाहनेले सहकारी बचत अपचलन नगरेको, ठगी, मिटरब्याज, घरेलु हिंसा वा कुनै पनि आपराधिक गतिविधिमा संलग्न नभएको ‘स्वघोषणा’ अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’ प्रणाली लागू गर्दै पालिका र वडा तहमा छुट्टाछुट्टै आवेदन प्रक्रिया राखिएको छ। यहाँबाटै उम्मेदवारको योग्यता, क्षमता र जनविश्वासको परीक्षण गरिनेछ।

रास्वपाले महिला, दलित, जनजाति, मधेशी, मुस्लिम, युवा लगायत सबै वर्गलाई समान अवसर दिने दाबी गर्दै “सही ठाउँमा सही व्यक्ति” छान्ने प्रतिबद्धता जनाएको छ।

नयाँ नियमअनुसार पार्टी सदस्य बनेको कम्तिमा ४५ दिन (अन्य दलबाट आएकालाई ९० दिन) पूरा नगरेसम्म उम्मेदवारी नपाइनेछ।

यो कदमलाई रास्वपाको “क्लिन पोलिटिक्स मिशन” का रूपमा हेरिएको छ—अब चुनाव जित्ने मात्र होइन, ‘सफा छवि’ नभए राजनीति नै बन्द हुने संकेत!

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖