• Wednesday 7th of October 2026

संसद सचिव राईलाई हटाउन सभामूखले सोधे स्पष्टीकरण


  • धनकुटा खबर
  • .

काठमाडौं, वैशाख २१ । सभामुख डिपी अर्यालले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई हटाउने तयारी अनुसार स्पष्टीकरण सोधका छन् ।

सभामुख अर्यालले राईको कार्यसम्पादन शैलीमा प्रश्न गर्दै सोधेको स्पष्टीकरणको सचिव राईले आज जवाफ बुझाएका छन् ।

सभामुख अर्यालले सचिव राईलाई हटाएपछि उनको ठाउँमा नयाँ नियुक्ति गर्ने तयारी रहेको बताइएको छ । सचिव राईलाई विघटित प्रतिनिधिसभाका तत्कालीन सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए।

झापाको शिवसताक्षी नगरपालिका–२ का राई लामो समय शिक्षण पेसामा आबद्ध थिए। उनलाई २०८१ पुस १६ गते सचिवमा नियुक्त गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖