• Tuesday 6th of October 2026

फोर्स गाडी दुर्घटना


  • धनकुटा खबर
  • .

दाङ,२७ बैशाख । दाङमा फोर्स गाडी दुर्घटना हुँदा चार जना सामान्य घाइते भएका छन्।

घोराहीबाट प्यूठानको बाहानेतर्फ जाँदै गरेको न लु २ ख ६०२९ गाडी राप्ती गाउपालिका– ४ मौरीघाट क्षेत्रमा दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकाहरूलाई भालुबाङ अस्पतालमा उपचारका लागि पाठाइएको छ।

घाइतेको परिचय खुलेको छैन। अन्य यात्रु भने सकुशल रहेको स्थानीयले जानकारी दिएका छन्। दुर्घटनापछि स्थानीयवासीले उद्धारमा सहयोग गरेका थिए।

दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖