• Tuesday 6th of October 2026

घट्यो सुनको भाउ


  • धनकुटा खबर
  • .

काठमाडौं । सोमबार सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । गत सोमबार सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँ मूल्य बढेको हो । महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ५ हजार ३४० रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖