बागलुङ । बागलुङ जिल्लाको ताराखोलामा एक पिकअप गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि गलकोट नगर अस्पतालमा ल्याइएको थियो।
अस्पतालमा ल्याइएका ४ जनामध्ये ३ जना उपचारपछि डिस्चार्ज भएका छन् भने एक जनालाई थप निगरानि का लागि अस्पतालमै राखिएको छ।
घाइते हुनेहरूमा ताराखोला गाउँपालिका-३, बराहखोला निवासी ५२ वर्षीया दिलमाया बगाले, ५९ वर्षीया हरिकला कँडेल, ६० वर्षीया उजेली बगाले र ४२ वर्षीया नरमाया रोका रहेका छन् ।
