• Tuesday 6th of October 2026

सुपा देउराली मन्दिर दर्शन गरेर फर्किँदै गरेकाहरु सवार बस दुर्घटना


  • धनकुटा खबर
  • .

बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ दुर्गाफाँटस्थित कुडेलेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

मंगलबार ध १ ख ५०४ नम्बरको रिजर्भ बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए।

प्रहरीका अनुसार पर्वतबाट सुपा देउराली मन्दिर दर्शन गरी फर्किँदै गरेको यात्रु सवार बस दुर्घटनामा परेको हो। बसमा करिब ३० जना सवार थिए।

दुर्घटनापछि बस सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनास्थलमै एक जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएका छन्।

घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची र मिसन अस्पताल पाल्पा पठाइएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖