काठमाडौँ । फिल्म ‘लालीबजार’ प्रदर्शनविरुद्ध सर्वोच्च अदालत पुगेकी वादी रोशनी नेपाली पक्राउ परेकी छन्।
सर्वोच्च अदालतको इजलासभित्र हुलहुज्जत गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। अदालतजस्तो संवेदनशील स्थानमा अवाञ्छित गतिविधि गर्न खोजेपछि सुरक्षा निकायले हस्तक्षेप गरेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार रोशनी नेपालीलाई नियन्त्रणमा लिएर हाल सिंहदरबार प्रहरी परिसरमा राखिएको छ।
बुधबार सर्वोच्च अदालतमा फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ भइरहेको थियो।
