बाजुरा । बडिमालिका दर्शनका लागि जाँदै गरेका राष्ट्रिय सतर्कता केन्द्रका लेखा अधिकृत गोविन्द पन्थीको बाटोमै मृत्यु भएको छ ।
बडिमालिका मन्दिरतर्फ जाने क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक जानकारी अनुसार पन्थी तीर्थयात्राका लागि बडिमालिका गइरहेका थिए । यात्रा क्रममा अचानक बेहोस भएपछि उद्धारको प्रयास गरिएको थियो ।
घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
