• Wednesday 7th of October 2026

आफ्नो कर्तव्य पूरा गर्न नसक्ने प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्दा राम्रो : हर्कराज राई


  • धनकुटा खबर
  • .

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए मार्ग प्रशस्त गर्दा राम्रो हुने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुने बित्तिकै आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाएपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिएका थिए ।

सांसद राईले संसद् नियमावलीमा सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्र दिनुपर्ने भए पनि वैशाख २८ गते राखेका प्रश्नको जवाफ आफूहरूले अझसम्म नपाएको बताए ।

उनले गृह र रक्षा मन्त्रालय प्रधानमन्त्री शाहले राखेकाले आफूहरूले उठाएका लिपुलेकको सीमा र सुरक्षासम्बन्धी प्रश्नका जवाफ प्रधानमन्त्री शाह स्वयं प्रतिनिधि सभामा आएर दिनुपर्ने बताए ।

जेठ ४ गतेदेखिका प्रतिनिधि सभाको बैठकमा उनले निरन्तर आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै आएका छन् । त्यसलाई आजलाई पनि निरन्तरता दिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖