• Tuesday 6th of October 2026

सुन–चाँदी फेरि उकालो, एकैदिन तोलामा १८ सय रुपैयाँले बढ्यो सुन


  • धनकुटा खबर
  • .

काठमाडौं, ०७ जेठ । नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्यमा पुनः वृद्धि देखिएको छ। अघिल्लो दिन उच्च गिरावट आएको सुनको भाउ आज फेरि उकालो लाग्दै प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ। बुधबार यही सुन २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। लगातार उतारचढाव भइरहेको अन्तर्राष्ट्रिय बजारको प्रभाव नेपाली बजारमा पनि देखिन थालेको व्यवसायीहरू बताउँछन्।

त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५० रुपैयाँ पुगेको छ। यससँगै चाँदीको मूल्य एकैदिन तोलामा ९० रुपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ५ सय ४० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। विश्व बजारमा देखिएको मूल्य परिवर्तन, अमेरिकी डलरको उतारचढाव तथा लगानीकर्ताको मागका कारण स्थानीय बजारमा पनि सुन–चाँदीको भाउ प्रभावित हुने गरेको छ।
व्यवसायीहरूका अनुसार आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार मूल्यमा थप परिवर्तन आउन सक्ने सम्भावना रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖