• Wednesday 7th of October 2026

कराएर मात्रै बाँदर आतंक कम हुँदैन,५/७ करोड बजेट व्यवस्था गर्नुपर्छ : महावीर पुन


  • धनकुटा खबर
  • .

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले संसद् बैठकमा कराएर मात्रै बाँदर आतंक कम नहुने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले आफूले ७ वर्षअघि देखि नै यसमा काम गर्न खोजेको भए पनि सफल नभएको बताए ।

‘बाँदर आतंकको कुरा अहिले तपाईंहरूले उठाउनुभएको छ, मैले आजभनदा ७ वर्षअघि देखि नै उठाएको हो । राष्ट्रिय आविष्कार केन्द्रले ५०–६० लाख रुपैयाँ अनुसन्धानका लागि प्रयास गरेको हो,’ उनले भने, ‘मैले हरेक गाउँपालिकालाई एक एक लाख उठाउनुस्, त्यसमा अनुसन्धान गरेर बाँदर आतंक कम गर्नेबारे अनुसन्धान गर्नैपर्छ भनेको हुँ । यहाँ संसद्मा कराएर हुँदैन ।’

उनले बाँदर भगाउने उपाय पत्ता लगाउन अनुसन्धान गर्नुपर्ने बताएका छन्।

त्यसका लागि सरकारले ५/७ करोड बजेट व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖