एजेन्सी । भारतको तेलङ्गाना राज्यमा बढ्दो तापक्रमका कारण हीटस्ट्रोक (लू) बाट कम्तीमा १६ जनाको ज्यान गएको छ ।
टाईम्स अफ इन्डियाका अनुसार जयशंकर भूपालपल्ली जिल्लामा सबैभन्दा धेरै चार जनाको ज्यान गएको छ । बारंगल अर्बन, करीमनगर र निजामाबादमा तीन–तीन जनाको ज्यान गएको छ भने जोगुलाम्बा गडवाल, रंगारेड्डी र सूर्यपेटमा एक–एक जनाको ज्यान गएको खबरमा उल्लेख छ ।
त्यहाँको मौसम विभागका अनुसार तेलङ्गानामा अधिकतम ४६ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । राजधानी दिल्लीमा पनि गर्मी अत्यधिक बढेको छ ।
त्यहाँ अत्यधिक गर्मीले आकाशबाट चराहरु बेहोस भएर जमिनमा खसेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
