• Wednesday 7th of October 2026

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश


  • धनकुटा खबर
  • .

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले सोमबार उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो।

यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले देउवाले दायर गरेको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा छलफलका लागि झिकाउन आदेश दिएको थियो।

देउवा विरूद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ। सर्वोच्चमा उनले उक्त मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतको भएको उल्लेख गरेका छन् ।

त्यस्तै काठमाडौँ जिल्ला अदालतसँग क्षेत्राधिकार नै नभए पनि पूर्जी जारी भएको रिटमा उल्लेख गरेका छन् । देउवाले अनुसन्धानमा सहयोग गर्न मञ्जुर भएको, सम्पत्तिको स्रोत देखाउन तयार रहेको र पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर गरेका छन् ।

देउवा दम्पती पछिल्लो समय हङकङ गएका थिए। उनी त्यहाँबाट काठमाडौँ फर्किएका छैनन् । उनी विरूद्ध विभागले रेड कर्नर नोटिस जारी गर्न प्रक्रिया थालेको थियो। तर इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖